प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
२१ वैशाख २०८२ १४:४८
64
Shares

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको बताइएको छ। भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *