एमालेको निष्कर्ष- राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै
काठमाडौं । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको र स्थीरतालाई खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो दिए।
उनले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीका सम्पूर्ण ऊर्जा र सामथ्र्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय गरेको बताए।
यस्तै बैठकले सरकारको नीति तथा कार्यक्रम बिगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ । नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरुले दिएको ज्ञवालीले जानकारी दिए।
त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगाएतमा ध्यान दिनुपर्ने सुझाव आएको उनले बताए।
त्यस्तै स्रोतको अधिकतम ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गररे। बैठकले सरकारले शिक्षक र चिकित्सकहरुसंग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरिएको ज्ञवालीले बताए।







डिसी नेपाल







Facebook Comment