‘टीआरसीबारे ओली-प्रचण्डबीच सकारात्मक छलफल’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा भेटवार्तामा सत्यनिरुपण आयोगका विषयमा छलफल भएको माओवादी नेता वर्षामान पुनले बताएका छन्।
टिआरसीका विषयमा खासगरी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका कुरामा छलफल भएको उनको भनाइ छ।
‘पीडितहरूले आफ्ना सरोकोकार विषय कांग्रेस सभापतिसँग पनि भेटेर सुनाएका रहेछन्। उहाँहरूले भोलि प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग भेट्न समय लिनुभएको छ। यही सन्दर्भमा आज भेटघाट भएको हो। यो विषय सकारात्मकरुपमा नै अघि बढिरहेको हामीले पायौं,’ उनले भने।
यो विषय कहाँ पुगेको छ भन्नेबारे प्रधानमन्त्रीले प्रचण्डलाई जानकारी गराएको पुनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment