प्रहरीका सात डीआईजीको सरूवा

डिसी नेपाल
२१ वैशाख २०८२ २०:४१
280
Shares

काठमाडौं । सातै प्रदेशका प्रहरी नायब महानिरीक्षकको सरुवा गरिएको छ।

आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सातै डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।

प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ। उमा प्रसाद चतुर्बेदीलाई मधेश प्रदेश, अरुण पौडेललाई बागमती प्रदेश, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश सरुवा गरिएको छ।

राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी, डम्बर बहादुर बिकलाई सुदूरपश्चिम र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको छ। लुम्बिनी प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाइने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *