ट्रम्पले पोपको रूपमा आफ्नो एआइ फोटोबारे भने ‘मलाई थाहा छैन यो तस्वीर कसले बनायो’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सेयर गरेको आफ्नो पोपको अवरारमा एआई तस्बिरप्रति प्रतिक्रिया दिएका छन्। ट्रम्पले भनेअनुसार यो फोटो कहाँबाट आयो भन्ने उनलाई थाहा छैन ।
हालै, ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल र ह्वाइट हाउसको एक्स अकाउन्टमा एउटा तस्वीर सेयर गरिएको थियो ।
तस्बिरमा ट्रम्पले पोप जस्तै सेतो पोशाक र टोपी लगाएका, घाँटीमा ठूलो क्रस टाँसिएको र गम्भीर इशारामा एउटा औंला उठाएको देखाइएको छ।
क्याथोलिक समूहले यसको कडा विरोध गरेको थियो । न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई उनीहरूको विश्वासको मजाक उडाएको आरोप लगायो।
रोयटर्सको रिपोर्ट अनुसार मे ५ मा एक रिपोर्टरले ट्रम्पलाई पोपको रूपमा उनको तस्बिरको बारेमा प्रश्न गरे। यसको जवाफमा ट्रम्पले त्यो तस्वीर आफूले नबनाएको बताए।
ट्रम्पले भने, “यसमा मेरो कुनै सरोकार छैन। कसैले पोपको जस्तो पहिरन लगाएको मेरो तस्बिर बनाएर इन्टरनेटमा राख्यो। मैले यो गरेको होइन। मलाई थाहा छैन यो (तस्बिर) कहाँबाट आयो। यो सम्भव छ कि यो तस्वीर एआई द्वारा सिर्जना गरिएको हो, तर मलाई यसको बारेमा केही थाहा छैन।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment