तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)
काठमाडौं। काठमाडौंको नक्सालमा रहेको नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानबिन गरेर मुद्दा दर्ता गरेको हो।
सरकारी वकिलको कार्यालयले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
उक्त प्रकरणमा तीन जना भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको छ। बृहस्पति विद्यासदनका सञ्चालक भारतीय नागरिकहरू ४४ वर्षीय अभिनव सिंघानिया, ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेयविरुद्ध पनि मुद्दा दर्ता भएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment