क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
देउखुरी (दाङ) नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ। अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
दिवंगत उपाध्यायको आजै बेलुकी घोराही–१८ शङ्खेपीपलघाटमा दाहसंस्कार गरिएको छ। उनका सात छोरा र एक छोरी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment