रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री लेखकको राजीनामा मागेको हो।
पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेका गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं।’
बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानूनी रूपमा स्वीकार गरेको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment