तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

डिसी नेपाल
११ जेठ २०८२ १०:०६
116
Shares

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानवीय भावनाका साथ तमू समाज कुवेतद्वारा आयोजना गरेको नवौं वृहत रक्तदान कार्यक्रम शुक्रबार कुबेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ।

समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको कार्यक्रममा पुरुष ९९ र महिला ३० गरी कुल १२९ जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए।

समाजका अध्यक्ष रन्जना गुरुङको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नेपाली राजदूतावास कुवेतकी कुवेतकी काउन्सेलर सुजनी राणा को प्रमुख आतिथ्यता रहेको थियो। भने NRAN कुवेतका अध्यक्ष रणध्वज लामा, सेन्ट्रल ब्लड बैंक कुवेतको प्रतिनिधि डा:अह्ममद अली पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल,जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, बिशेष आतिथ्यता रहेको थियो।

यसैगरी,कुवेतमा कृयाशिल रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्धिजिवी तथा स्वंयम सेवी रक्तदाता हरुको उल्लेख्य उपस्थिति आतिथ्यता रहेको थियो।

अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रम लाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी,बिशेष अतिथीहरु द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।कार्यक्रमको प्रमुख अतिथि काउन्सेलर सुजनी राणाले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरु लाई धन्यवाद दिँदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज कुवेतको खुलेर प्रसंशा गरेका थिए।

शुभकामनाकै क्रममा ब्लड बैंकका प्रतिनिधि (Dr Ahmed Aly) NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङले शुभकामना मन्तव्य दिएका थिए।

समाजको (भूतपूर्व अध्यक्ष) राजु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष रन्जना गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउँदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउँदै नवौ वृहत रक्तदान कार्यमा सभागी नेपाली राजदूतावास कुबेत,नेपाली संघ संस्था,एवं पत्रकार,सहयोगी लगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। भने कुबेतमा रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका अनेकौ बिरामीहरुलाई तमू समाजको पहलमा रगत उप्लब्ध गराउँदै आएकोछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *