लघुकथा : मन
मुक्तक रचेको रहेछ दीपेन्द्रले। पत्रिकामा आएपछि मैले टिपें। त्यही मुक्तक सुनाउन थालेपछि साथीहरुले मलाई ‘कवि’ भन्न थालेका हुन्।
विस्तारै कवि गोष्ठीमा पनि बोलाउन थाले मलाई। कतिपय कवि गोष्ठीमा मैले तिनै मुक्तक पाठ गरेर ‘वाह! वाह!!’ कमाएँ।
अचेल सिर्जनलाई ती सबै मुक्तक कण्ठ। कलेजका साथीहरुका बीचमा ऊ आफ्नै रचनाका रुपमा तिनै मुक्तक भनेर ‘वाहवाही’ बटुल्छ रे।
जब यो कुरा सुनें, कटक्क मन दुख्यो। यी कुरा सुन्दा दीपेन्द्रको मन पनि मेरो जत्तिक्कै दुख्दो हो कि नाइँ?
No ads found for this position
प्रतिक्रिया


Facebook Comment