महावीर पुन सम्झना, सपना र अविरल यात्रा

विजय बशिस्ठ
२६ जेठ २०८२ १२:५७

महावीर पुन विश्व र नेपालको लागि नौलो नाम होइन। ऊनी एक भुइमान्छे हुन जो आफ्नो लक्ष्य हासिल गर्न रातदिन खटिन्छ्न्। अन्तर्राष्ट्रिय क्षेत्रमा रोमन म्यागासेसे पुरस्कार प्राप्त वैग्यानिक व्यक्तित्व पुन सरल, शान्त आसावादी र कर्मयोगिका प्रतिमुर्ती हुन्।

उनको अथक प्रयासमा नेपालमा एक नवप्रवर्तन संस्थाको जन्म भएको छ। केही गरुँ भन्ने उन्नयन सोच भएका युवाहरूलाई उनीहरुको कार्यलाई रुपान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्र एउटा राम्रो प्लेटफर्म बनेको छ।

यो एक आत्माकथा हो लेखकको जहाँ जीवनमा भोगेका अनुभवलाई सरल रुचिपुर्ण तरिकाले पस्केका छन्। यो पुस्तकलाई चार भागमा अध्यन गर्न सकिन्छ।

पहिलो-लेखकको बाल्यावस्थादेखि हाइस्कुल सम्मको यात्रा।

दोश्रो – विदेश अध्ययन र त्यसको गतिविधि ।

तेस्रो – नेपाल पुनरागमन र आफ्ना गाउका शिक्षाकलाई तलब खुवाउन आर्थिक श्रोत जुटाउन गरिएका विभिन्न प्रयास

चौथो – काठमाडौ आएर राश्ट्रीय आविष्कार केन्द्र स्थापनाको लागि गरेको सङघर्ष , सरकारले दिएको कानूनी झमेला र झुट्टा आश्वासनको नालिबेली।

जनताको आगनमा दानको लागि उपस्थित भएर कृषि औजार कार्खाना संचालन गर्न पुस्तक प्रकाशित गरेको प्रष्ट पारेका छ्न्।

पुस्तमा कोरोना माहामारिको समयमा केन्द्रले नि:शुल्क रुपमा केन्द्रीय साथै जिल्ला जिल्लाका अस्पतालमा नि:शुल्क रुपमा बिपिपिइ, फेसशिल्ड, बितरण गरेर मानवीय सहयोगमा कुनै कसर बाकी नराखेको उल्लेख गरिएको छ त्यो विपत्तिको समयमा।

हालसम्म केन्द्रले आविष्कार गरेका अन्वेषण को फेहरिस्त पनि उल्लेख गरिएको छ ।लेखकले अर्थतन्त्रमा सुधारको लागि केही सुझाव पनि पस्केका छन्।

अनुसन्धान र विकासका लागी कम्तीमा पनि जिडिपिको एक प्रतिशत हिस्सा राज्यले लगानी गर्नुपर्ने निश्कर्शमा लेखक पुगेका छन् ।गरिब देशमा जिडिपिको ०.१ प्रतिशात यस क्षेत्रमा खर्च पनि गरिन्न।

अन्त्यमा , महावीर पुन जस्तो व्यक्तिगत स्वार्थलाई पुरै नेपाली र मुलुकको हितका लागि अहोरात्र स्वयं यो पुस्तक बेच्न जिल्लाको यात्रा गरिरहेका छन् । हामी जति सक्छौ उनको कार्यको लागि दान गरौँ ताकी रा.अ.के.को दिगोपनामा सुनिश्चितता होस र नवसिर्जनशिलताको चाडै अवसान नहोस् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *