ईश्वरको खोजीमा भड्किएकी म

चारुशीला मिश्र
२ असार २०८२ ११:३३

ईश्वर मैले तिमीलाई
मन्दिर मन्दिरमा खोजें
मूर्ती मूर्तीमा खोजें
तिर्थ तिर्थमा खोजें।

प्रभु मैले तिमीलाई
ब्रत उपासना गरेर खोजें
शरीर सुकाएर
निलाहार बसेर खोजें

प्रभु मैले तिमीलाई
जोगी माहात्मा
साधुसँगमा रमाएर
त्यहीनै मस्त बनेर खोजें।

प्रभू मैले तिमीलाई
पण्डित सन्त तत्वदर्षी
महान आत्माहरूको
साथमा साधक बनेर खोजें।

अनि पहाडको गुफामा
बसेर ध्यानस्थ बनेर खोजें
योगीहरूको सँगमा गएर
आद्र बनेर दिन बनेर खोजें।

खोज्दा खोज्दै थाकें हारें
रोएँ कराएँ लाचार बनें
बिबस दिन दिन दुखी बनें
अनि असाहय अनाथ बनें।

अनि एक्लै कुनामा बसें
संसारलाई बिर्षें सबैलाई छोडें
एकान्त मौन एक्लो हुँदै गएँ
संगलाई छाडे भिडलाई त्यागें।

अनि म आफैं भित्र आफैं हराएँ
त्यहाँ अत्यन्त शान्ति पाएँ
अनि म त्यहाँनै हराउँदै गएँ
आफैं भित्र हराउँदै गएँ बिलाउँदै गएँ।

अनि मैले बिस्तारै बिस्तारै
शान्ति पाउँदै गएँ रमाउँदै गएँ
उत्फूल्ल बन्दै गएँ उन्मुक्त बन्दै गएँ
आफैंमा आफैं तृप्त हूँदै गएँ।

अनि एकान्त ध्यानमा ह्रृदसरोज फक्रँदै गयो
सितल जल बग्दै गयो
अनि बाहिर नयनबाट अश्रु झरे
अनायास बग्दै गए झर झर झर।

अनि यो बिश्व ब्रम्हाण्ड अर्कै
हुँदै गयो
सम्पूर्ण जगत ईश्वर स्वरूप बन्दै गयो
दृष्य फेरिँदै फेरिँदै गयो
सबै स्वरूप भगबतमय बन्दै गयो।

अनि मैले सूर्यको प्रकाशमा तिमीलाई देखें
अनि मैले चन्द्रको जोत्स्नामा
तिमीलाई देखें
जंगलको हरियो रूखपातमा तिमीलाई देखें
जंगलका हिंस्रक पशुपंछीका आँखामा तिमीलाई देखें।

आकाशमा उडीरहेका चराहरूको बथानमा तिमीलाई देखें
सागरको गहिराइमा मस्त भएर पौडी रहेका जल जन्तुमा तिमीलाई देखें।
अनि यो बिश्व ब्रम्हाण्ड मै
मैले तिम्रो रूप र सौन्दर्य देखें
अनि म तृप्त भएँ शान्त भएँ
निर्भिग्न भएँ आनन्दित भएँ
अनि मैले यथार्थ गरें।

अन्त्यमा आफैं सान्त भएँ
अत्यन्त तृप्त भएँ
अनि अनायास भित्र स्वर गुँजियो
अहं ब्रम्हास्मी!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *