चिकित्सा शिक्षा सुधारका लागि चिकित्सक संघको नौबुँदे अपिल

डिसी नेपाल
८ असार २०८२ २३:०७
28
Shares

काठमाडौं । राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण मेडिकल कलेज तथा प्रतिष्ठानमाझ सार्वजनिक अपिल जारी गर्दै चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि ठोस कदम चाल्न आग्रह गरेको छ।

नेपाली चिकित्सा शिक्षा अहिले गम्भीर चुनौतीको सामना गरिरहेको र चिकित्सा शिक्षाको गुणस्तरमा कमी आएमा त्यसको प्रत्यक्ष असर सम्पूर्ण स्वास्थ्य क्षेत्रमा पर्न जाने हुँदा यसको सुधार अपरिहार्य रहेको सङ्घले जनाएको छ।

सङ्घले नौबुँदे अपिल जारी गर्दै चिकित्सा शिक्षामा गुणस्तर कायम राख्न शिक्षा, स्वास्थ्य र नियामक निकायहरु—शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, मेडिकल कलेजहरु, प्राध्यापक, आवासीय चिकित्सक, अभिभावक वर्ग र स्वयं नेपाल सरकार एवं चिकित्सा शिक्षा नीतिका सरोकारवाला सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।

शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धिका लागि अनुसन्धान तथा पेसागत विकासका अवसर प्रदान गर्नुपर्ने, आवासीय चिकित्सकलाई आठौँ तहअनुसारको मासिक निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने, आवासीय चिकित्सक र उनीहरूका परिवारका लागि स्वास्थ्य बिमा योजना लागू गर्नुपर्ने, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवाको पहुँचयोग्य र नियमित व्यवस्था गर्नु पर्नेलगायत बुँदा समावेश गरेको छ।

सङ्घले सबै सरोकारवाला निकायलाई चिकित्सा शिक्षाको सुधार तथा समग्र स्वास्थ्य सेवा क्षेत्रको उन्नतिमा एकजुट भई अघि बढ्न आह्वान गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *