रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन

डिसी नेपाल
१० असार २०८२ १४:४१
104
Shares

काठमाडौं । सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

विभिन्न स्वास्थ्य संस्थाहरुमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन्।

सरकारले रेडियोग्राफी पेशाको पक्षमा ल्याएको नीति स्वीकार्य नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले रेडियोग्राफी पेशाको पक्षमा स्वास्थ्य मन्त्रालयले ल्याएको नीति विभेदपूर्ण र अन्यायपूर्ण रहेको बताए।

उनले भने, ‘डाक्टर र नर्सले मात्र अस्पताल चल्दैन। परिपूरकमा हामी छौं। स्वास्थ्य मन्त्रालयले ओएनएम फिर्ता गर्नुपर्छ। पुर्नसंरचनामा वैज्ञानिक तरिकाले दरबन्दी लिइएन भने हाम्रो मागहरु पूरा हुँदैनन्। माग पूरा नभए दोस्रो चरणको आन्दोलनमा जान्छौ। अहिलेको नियम विभेदपूर्ण र अन्यायपूर्ण छ।’

यसैगरी उनले रेडियोग्राफी र रेडियोलोजिलाई सरकारले दोस्रो दर्जाको रुपमा हेरिएको बताए।

यस्तै, सरकारी रेडियोग्राफी संघ नेपालका महासचिव प्रकाश तिमल्सिनाले स्वास्थ्य मन्त्रालयले ल्याएको ओएनएम प्रस्ताव असमान र अवैज्ञानिक भएको बताए। उनले स्वास्थ्य सेवा नियमालीमा नै रेडियोग्राफी पेशा फरक समूह रहेको बताए।

प्रदर्शनकारीहरुले ‘रिडियोग्राफर विना निधान अपुरो, हामीविना अस्पताल अपुरो’, ‘रेडियोग्राफी विभाग र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस’, ‘रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन’लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *