त्रिशूलीमा हाम फालेकी महिला बेपत्ता
काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।
बुधबार बिहान ८:४५ बजे धादिङको गल्छी गाउँपालिका-१ छांगेश्वर मन्दिरस्थित त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए।
सोही ठाउँमा बस्ने अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। गल्छि-१ र ८ नम्बर वडा जोड्ने झोलुंगेपुलबाट उनी हामफालेकी थिइन्। उनको खोजीका लागि नेपाल प्रहरीको सात र सशस्त्र प्रहरीको ९ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment