हत्कडीसहित फरार थुनुवा बालाजु बसपार्कबाट पक्राउ

डिसी नेपाल
१५ असार २०८२ १८:५६
456
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन्।

हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाहीलाई बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।

चोरी कसुरमा पक्राउ परेका पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भई काठमाडौं गोंगबु बस्ने २१ वर्षीय शाही आइतबार अदालतबाट फरार भएका थिए।

अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित उनी आतइतबार फरार भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *