सर्पले डसेर दुई जनाको मृत्यु
रौतहट । रौतहट जिल्लामा सर्पले डसेर दुई जनाको ज्यान गएको छ।
कटहरिया नगरपालिका–५ कटहरिया पानी टंकी टोलमा २५ वर्षीया रिंकु देवी साहको सर्पले डसेर ज्यान गएको हो।
रिंकु देवीलाई आज बिहान घरअगाडि बाटोमा थुपारिएको माटो निकाल्ने क्रममा विषालु सर्पले डसेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई विनोध राना मगरले बताए।
घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै दुईदिन अघि ईशनाथ नगरपालिका–६, पलटुवा टोलमा सर्पले डसेर एक जनाको ज्यान गएको थियो। सरफुद्दीन भाइका जेठो छोरा कमरुदिन सर्पले डसेर ज्यान गएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment