लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

डिसी नेपाल
२५ असार २०८२ १०:५६
684
Shares

काठमाडौं । यमनको तटमा रहेको लाल सागरमा लाइबेरियाली झण्डा बोकेको कार्गो जहाज इटरनिटी सीमा आक्रमण भएको छ, जसमा दुई चालक दलका सदस्यको मृत्यु भएको छ।

‘अन्तर्राष्ट्रिय समुद्री संगठन’ का लागि लाइबेरियाका प्रतिनिधिले जहाजमाथि क्रूर आक्रमण भएको र दुई नाविकको मृत्यु भएको बताए।

बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुङ्गाहरूबाट प्रहार गरिएका रकेट-प्रोपेल्ड ग्रेनेडबाट जहाज क्षतिग्रस्त भएको जानकारी दिएको छ। आक्रमणपछि जहाज समुद्रमा ढल्केको थियो।

रोयटर्सका अनुसार, इटरनिटी सी जहाजमा फिलिपिन्सका २१ र रुसका एक जना सहित कुल २२ जना चालक दलका सदस्यहरू छन्। अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *