तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

डिसी नेपाल
२८ भदौ २०८२ १८:५२
32
Shares

दाङ। यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ।

कारागार प्रमुख गिरबहादुर सेजुवालले ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिए। तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उनले बताए।

कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए। कारागारमा महिला कैदी मात्र बाँकी रहेका थिए।

यसैबीच, दाङको जनजीवन सामान्य बन्दै गएको छ। आज बिहानदेखि यहाँ यातायातका साधन सञ्चालन हुनाका साथै बजारमा मानिसको चहलपहल बढेको छ। स्थानीय प्रशासनले भने जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *