तीन जनाको शव फेला
काठमाडौं । देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।
बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४० वर्षीय दुर्गा बहादुर पाईजा बुधबार मृत अवस्थामा फेला परेका छन्।
बैतडीको सुर्नया गाउँपालिका-५ न्वाघर बस्ने दल बहादुर चन्दको छोरी १७ वर्षीया अप्सरा चन्द सोही ठाउँस्थित सुर्नया नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सालबन्दीस्थित नहरमा सोही नगरपालिका-९ राजावाँस बस्ने ३३ वर्षीया नेत्र कुमारी राई बुधबार मृत्यु अवस्थामा फेला परेकी छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment