जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

डिसी नेपाल
१ असोज २०८२ २३:३१
20
Shares

काठमाडौं। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ।

प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो।

जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *