घटस्थापनाका दिन भद्रकालीमा दर्शन र गाडी पूजा गर्नेहरूकाे भीड (तस्विरहरू)

डिसी नेपाल
६ असोज २०८२ ८:४८
12
Shares

नेपालीहरूको महान चाड बडादशैं आजबाट औपचारिक रूपमा सुरु भएको छ। नवरात्रको पहिलो दिन आज, असोज ६ गते, देशभर घरघरमा विधिपूर्वक घटस्थापना गरिएको छ। घटस्थापनाका दिन बिहानैदेखि राजधानीको प्रसिद्ध भद्रकाली मन्दिरमा दर्शन गर्ने र गाडी पूजा गर्ने भक्तजनहरूको भीड लागेको देखिन्छ।

श्रद्धालुहरू दुर्गा माताको पूजा गरी वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै गाडीहरूमा फूलमाला चढाई पूजापाठ गरिरहेका छन्। आजकै दिन विधिपूर्वक पूर्ण कलश (घडा) स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गा देवीको आह्वान गरिन्छ। स्थापना गरिएको कलशको जलले नवौं दिन अर्थात् विजयादशमीका दिन दुर्गा देवीको अभिषेक गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। बडादशैंको सुरुआतसँगै मठमन्दिरहरूमा भक्तजनहरूको चहलपहल बढ्न थालेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *