उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै, ६ दिनमा दुई लाख बढीले काठमाडौं छाडे
काठमाडाैंश्र बडादशैं अन्तर्गत फुलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढ्दै गएको छ।
बिहीबार बल्खु, कोटेश्वर कलंकीलगायका नाका हुँदै उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढेको हो। मुग्लिन-नारायणघाट सडकखण्ड पहिरोले अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडाैंबाट पछिल्लो ६ दिनमा दुई लाख भन्दा बढी यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रुहरू गन्तव्यस्थलमा गएका हुन्। यसवर्ष बिभिन्न स्थानमा गएको पहिरोका कारण दशैमा घर फर्कने यात्रुहरु समस्यामा परेका छन्।








No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment