जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टिका लगाइदिने
काठमाडौं। कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छन्। महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधरणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।
जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ। भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ।
नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ। गएराति कालरात्रिमा समेत पशु बलि दिइएको हो। यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने संकल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment