बाल यौन दुराचार लगायतका अपराधमा दोषी ७ नेपाली अमेरिकाबाट देशनिकाला

डिसी नेपाल
२२ असोज २०८२ १०:०३
812
Shares

काठमाडौं । बाल यौन दुराचार लगायत विभिन्न अपराधमा संलग्न ७ नेपालीलाई अमेरिकाले देशनिकाला गरेको छ । उनीहरूलाई फरक फरक समयमा अमेरिकाबाट डिपोर्टट गरी नेपाल पठाोएको हो ।

यसरी देशनिकालामा पर्नेहरूमा बाल यौन दुराचार, यौन आक्रमण र शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका अभियोगमा दोषी ठहर भएकाहरु छन् ।

अमेरिकी सरकारी रेकर्डलाई उद्धृत गर्दै अमेरिकाबाट संचालित नेपाली भाषाको मिडिया खसोखासले लेखेअनुसार उनीहरू २८ देखि ३९ वर्ष उमेर समूहका छण् । उनीहरू सबै पुरुष भएको समाचारमा जनाइएको छ । डिपोर्ट गरिएकामध्ये १ जनालाई भने कतार डिपोर्ट गरिएको तर उनलाई किन कतार डिपोर्ट गरियो भन्ने स्पष्ट नभएको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *