सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता
उदयपुर (गाईघाट) । यहाँको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता भएकी हुन्। त्रिनपा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार आज दिउँसो साथीहरुसँग सुनकोशीमा नुहाउन गएकी अनुसा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएकी हुन्।
घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment