सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
काठमाडौं। सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
आज बिहान ७ः५० बजे सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
उनका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनलाई सकुशल उद्धार गरिएको छ। अहिले उनलाई कैलास एयरको हेलिकोप्टर मार्फत लुक्ला ल्याइसकिएको उनले जानकारी दिए। पाइलट खड्का भक्तपुरका स्थानिय बासिन्दा हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment