एनपीएल : चितवनलाई काठमाडाकौं १४३ रनको लक्ष्य

डिसी नेपाल
१२ मंसिर २०८२ १३:४४
20
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १४२ रन जोडेको हो।

चितवनले काठमाडौंलाई १९.४ ओभरको खेलमा नै अलआउट गरेको थियो। चितनका कमलसिंह ऐरीले अन्तिम विकेट लिएका थिए।

चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ। चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *