प्रतिनिधिसभाका लागि दार्चुलाबाट बडूको एकल सिफारिस

डिसी नेपाल
२६ मंसिर २०८२ १८:४२
16
Shares

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको एकल नाम सिफारिस गरेको छ।

कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको एकल नाम सिफारिस गरेको हो।

समानुपातिकतर्फ करबिरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रिय सभाको लागि पुरुषतर्फ महादेव बडु, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त र महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की र देउमा लोथ्यालको नाम सिफारिस गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *