खाइराइड हास्यव्यङ्ग्य पुरस्कार घोषणा

डिसी नेपाल
४ पुष २०८२ १०:२६
60
Shares

काठमाडाैं। नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको “खाइराइड हास्यव्यङ्ग्य पुरस्कार का लागि मंसिर १, २०८२ को सयम अवधि तोकी विद्यालय तहको ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२ का लागि बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो।

देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय छात्रछात्रा घोषणा गरिएको छ।
उक्त प्रतियोगितामा कुसुम घिमिरे प्रथम, साईमन घिमिरे द्वितीय र अनुश्री आचार्य र विनिता प्रधान क्रमशः तृतीय भएका छन्।

काठमाडौंमा २०८२ पुस १२ गते एक कार्यक्रम आयोजना गरी प्रथमलाई नगद बीस हजार, द्वितीयलाई नगददश हजार र तृतीय दुई जनालाई नगद पाँच हजारसहित सम्मान-पत्र बाङ्गा अक्षर द्वारा अर्पण गरिनेछ।

छात्रा कुसुम घिमिरे काभ्रे इङ्गलिश माध्यामिक विद्यालय पनौती, काभ्रेमा कक्षा १२ मा अध्ययनरत छिन् । छात्र साईमन घिमिरे र छात्रा अनुश्री आचार्य डियरवाक सिफल स्कुल सिफल, काठमाडौंको क्रमशः कक्षा १२ र १० मा अध्ययरत छन् । त्यस्तै विनिता प्रधान सिद्देश्वर माध्यामिक विद्यालय दाँवा, भोजपुरको कक्षा १२ मा अध्ययनरत छिन्।

हास्यव्यङ्ग्यकार तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहनु भएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका अधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिएको हो। हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली, संरचना र तादम्यतालाई मूल्याङ्कनका आधार बनाइएको थियो।

प्रथम, द्वितीय र तृतीय हुनु हुने छात्रछात्रालाई बाङ्गा अक्षर बधाई ज्ञापन गर्दछ। साथै, निबन्ध प्रतियोगितामा भाग लिने सम्पूर्ण छात्रछात्राहररूलाई समेत धन्यवाद सहित लेखन कार्यलाई निरन्तरता दिनुहुन बाङ्गा अक्षर अनुरोध गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *