कृषि उत्पादनको मूल्य सूचकाङ्कमा वृद्धि: अण्डा र मकैमा उच्च वार्षिक वृद्धिदर

डिसी नेपाल
३ माघ २०८२ १५:०१
12
Shares

काठमाडौं। कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ। जुन अघिल्लो आवको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको हो।

विशेषगरी अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च वार्षिक वृद्धि दर ९.५ प्रतिशत देखिएको छ। यसबाहेक, वर्षे मकैको मूल्यसूचकाङ्क ३.८ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, माछाको ३.६ प्रतिशत र अन्नबालीको ३.१ प्रतिशतले वृद्धि भएको छ।

धान र दूधको मूल्य क्रमशः २.४ प्रतिशतको वृद्धि दरसहित स्थिर रहेको छ। तर मसला बालीको मूल्य वृद्धिदर ०.८ प्रतिशत मात्र रहेको छ, जसले यस क्षेत्रमा केही स्थिरता देखाउँछ।

फलफूल बाली र तरकारी बालीमा क्रमशः ०.८ र ०.२ प्रतिशतको मामुली वृद्धि भएको छ। पशु र पंक्षीको मूल्य क्रमशः १.१ र ०.७ प्रतिशतले बढेको छ। कार्यालयका अनुसार, यस सूचकाङ्कले नेपालमा कृषि उत्पादनको मूल्य वृद्धिको दिशा र कृषि बजारको प्रवृत्ति बुझ्न सहयोग पुर्‍याउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *