ओखलढुंगामा एमालेकी अस्मिता थापाको मनोनयन,ठूला पार्टीबाट जिल्लाकै पहिलो महिला उम्मेदवार

डिसी नेपाल
६ माघ २०८२ २०:५३
44
Shares

ओखलढुंगा। नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले ओखलढुंगाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। ओखलढुंगामा ठूला पार्टीबाट महिला उम्मेदवार बनेको यो पहिलोपटक हो।

जिल्ला इन्चार्ज तथा पूर्व सांसद यज्ञराज सुनुवार,नेताहरु नानीबाबु बुढाथोकी,किशोर अधिकारी,हर्कबोल राई,सकुन्तला राजभण्डारी,मोहन श्रेष्ठलगायतको अगुवाईमा मनोनयन दर्ता गराइएको हो।

मनोनयन दर्ताअघि जिल्ला सदरमुकाममा एमालेले झाँकीसहित वृहत जुलुस निकालेर निर्वाचन कार्यालयतर्फ गएको थियो। युवा उम्मेदवारीले पार्टी र मतदातामा उत्साह छाएको अधिवक्ता कुमार घिमिरेले बताए।

लिखु गाउँपालिका उपाध्यक्ष रहेकी थापालाई पार्टीले जेनजी पुस्ताबाट उम्मेदवार बनाउँदै प्रतिनिधि सभाको टिकट दिएको हो। उनी हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य समेत निर्वाचित भएकी थिइन्। छोटो राजनीतिक करिअरमा अस्मिताले फड्को मारेर एमालेको उम्मेदवार बन्दा जिल्लामा उनको चर्चा चुलिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *