गगन थापासँग तर्सिए ओली, उम्मेदवारी दर्ता गर्न लागेका उम्मेदवारलाई निर्वाचन कार्यालयबाटै फर्काए
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ मा उम्मेदवारी दिने थाहा पाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्सिएका छन्। गगन उम्मेदवार बन्ने थाहा पाएपछि ओलीले निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न ठिक्क परेका आफ्ना उम्मेदवारलाई समेत फर्काएका छन्।
मंगलबार उम्मेदवारी दर्ता गर्ने दिन थियो। सर्लाही ४ मा उम्मेदवारीका लागि एमालेबाट टिकट पाएका रविशंकर कुशवाहा उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुगिसकेका थिए। तर, त्यहाँ गगन उम्मेदवार बन्ने सुइँको पाएपछि ओलीले कुशवाहलाई तत्काल फर्किन निर्देशन दिए। ओलीले एकाएक पार्टीको टिकट समेत अर्का उम्मेदवारलाई दिने निर्णय गरे र अमनिश कुमार यादवलाई उम्मेदवार बनाइएको पत्र पठाए।
अमनिश नेपाली कम्युनिस्ट पार्टीका नेता रहेका शिवपुजन रायका छोरा हुन्। शिवपुजनले आफ्ना छोरा अमनिशलाई नेकपाको टिकट दिलाउन लबिङ गरेका थिए तर प्रचण्डले नसुनेपछि उनले पार्टी नै परित्याग गरेर एमालेमा प्रवेश गरे। शिवपुजन छोरालाई लिएर सोमबार मात्र एमाले छिरेका थिए।
उता गगन मधेश झरेपछि काठमाडौं ४ मा गगनसँग यसअघि २ पटक हारेका डा. राजन भट्टराई फेरि उम्मेदवार बनेका छन्। राजन सोमबारसम्म काठमाडौं ४ मा उम्मेदवार बन्न तयार थिएनन्। एमालेको सचिवालय बैठकले धेरैजसो उम्मेदवारको टुंगो शिनिबारै लगाएको भए पनि काठमाडौं ४ को उम्मेदवार तय गरेको थिएन।
ओलीले काठमाडौं ४ मा भट्टराईलाई नै उठाउन चाहेको भए पनि पराजयको डरले भट्टराई उठ्न तयार नभएको स्रोत बताउँछ। तर मंगलबार एकाएक कांग्रेस सभापति थापा मधेश झर्ने थाहा पाएपछि भट्टराईलाई काठमाडौं ४ मा जित्न सक्ने आँट जागेकोले उनी उठ्न तयार भएका थिए। एमालेले काठमाडौं ४ को उम्मेदवार मंगलबार नै तय गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment