बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

डिसी नेपाल
१२ माघ २०८२ ७:०८
52
Shares

काठमाडौं। बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा ओभिएडोविरुद्ध ३-० को सानदार जित निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गरेको हो। उसका लागि खेलको ५२ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरेका हुन्। दोस्रो गोल खेलको ५७ औं मिनेटमा राफिन्हाले गरे भने अन्तिम गोल ७३ औं मिनेटमा लामिन यामलले गरे।

यो जितसँगै बार्सिलोनाले ५२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५१ अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *