रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

डिसी नेपाल
५ चैत २०८२ १६:५९
36
Shares

रामेछाप। रामेछाप प्रहरीले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधन चालकको लागु पदार्थ सेवन (लापसे) गरे नगरेको जाँच सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली नगर अस्पतालसँगको सहकार्यमा सो अभियान सुरु गरेको हो।

लापसे गरी सार्वजनिक सवारी चलाउँदा चालक र यात्रुको जीवन जोखिममा पर्ने भएकोले त्यसको नियन्त्रणका लागि यो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवासचन्द्र मण्डलले जानकारी दिए।

बिहीबार गरेको जाँचका क्रममा तीन जनाले लापसे गरी सवारी चलाएको पाइएको मण्डलले जानकारी दिए। ३५ वटा सवारी चेक गर्दा तीन जना चालक लापसे गरेका फेला परेका उनले बताए। उनीहरूलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाइएको मण्डलेले जानकारी दिए।

सवारी दुर्घटना न्यूनीकरणको लागि यो जाँचलाई निरन्तरता दिने रामेछापका प्रहरी प्रमुख डिएसपी भोला भट्टले जानकारी दिए। भट्टले लागु औषधविरुद्ध प्रहरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *