राजदूतावासद्रारा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस
वासिंटन। प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा वाशिंटन डिसीस्थित नेपाली राजदूतावासद्वारा एक समारोह आयोजना गरिएकाे छ।
सो समारोहमा कार्यवाहक राजदूत शर राज आरणले नेपाल युगौंदेखि योगी, तयश्विको तपोभूमी रहेको उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य केन्द्रको रूपमा प्रवद्धन गर्नु पर्नेमा जोड दिए। उनले संयुक्त राज्य अमेरिकामा रहेका सबै नेपाली समक्ष नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य केन्द्रको रूपमा प्रचार प्रसार गर्न अनुरोध समेत गरे।
स्वस्थ्य जीवन जिउने प्रवृत्ति तथा संस्कृति, आध्यात्मिकता नेपाली पहिचान नै भएकाले नेपाल अन्तर्राष्ट्रिय आरोग्य केन्द्रको रूपमा संसारभर सुपरिचित हुनु अवश्यमभावी भएको रहेकोमा जोड दिए।
कार्यक्रममा अन्तर्राष्ट्रिय आरोग्य दिवसको सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालको एक भिडियो सन्देश समेत प्रसारण गरिएको थियो। उक्त कार्यक्रममा ‘जीवन विज्ञान’ का प्रशिक्षक लोक तिवारीले करिब आधा घण्टा योग-ध्यान सम्बन्धी प्रशिक्षण सञ्चालन गरेका थिए। कार्यक्रमको सञ्चालन राजदुतावासको काउन्सेलर अरूण घिसिङले गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment