फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा

डिसी नेपाल
६ वैशाख २०८३ ७:२५
48
Shares

विराटनगर। प्लानिङ ब्वाइज काठमाडौं १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रंगशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत आज शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब ललितपुरलाई ६–१ फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

खेलको ५औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि खेलाडी फागुराम थारुले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । भने प्रताप सिंह राईले ७८औँ मिनेटमा थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्।

सात दोबाटोका तर्फबाट सकल रेग्मीले ४७औँ मिनेटमा सान्त्वना गोल गरेका थिए। आजको खेलको ‘प्लेयर अफ द म्याच’ प्लानिङ ब्वाइजका फागुराम थारु घोषित भए उनलाई नगद रु।१० हजार प्रदान गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेल सोमबार वैशाख ७ गते हुनेछ। विजेता टोलीले रु।१० लाख र उपविजेताले रु।५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई रु।१ लाख, सर्वाधिक गोलकर्तालाई रु।२५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *