इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

डिसी नेपाल
६ वैशाख २०८३ १७:२४
56
Shares

काठमाडौं । रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले टस जितेको छ।

रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ। नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोली पहिलो पटक आमनेसामने छन्। प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो। नेपाल शनिबार पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो।

त्यस्तै, प्रतियोगितामा इटाली लगातार दोस्रो जितको खोजीमा छ । इटलीले पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *