ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
६ वैशाख २०८३ १७:३०
64
Shares

धनुषा । धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स१त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कमला नगरपालिका–६ घर भएका चालक आकाश यादवको मृत्यु भएको हो। खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।

घटनास्थलको आवश्यक मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेम्वाङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *