जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः आजदेखि सुरु
भक्तपुर। आजदेखि १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रतियोगिताको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गरे।
यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामध्ये भलिबलतर्फका खेल सूर्यविनायक भलिबल खेलमैदानमा, एथ्लेटिक्सतर्फ सूयविनायकस्थित सङ्कटा क्लबको खेलमैदानमा, करातेतर्फ भक्तपुर नगरपालिकास्थित देकाचा कराते कबर्डहलमा, तेक्वान्डो र उसुतर्फका खेल चाँगुनारायण हेल्मेडडाँडास्थित कबर्डहलमा, कबड्डीतर्फ आदर्श माध्यमिक विद्यालय सानोठिमीमा सञ्चालन हुनेछन्।
प्रतियोगिताका छ खेलमा जिल्लाका चार वटा पालिकाबाट एक हजार १२६ खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष राजु थापाले जानकारी दिए। प्रतियोगितामा उत्कृष्ट हुनेलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताअन्तर्गत प्रत्येक विधामा उत्कृष्ट हुने खेलाडीलाई आगामी जेठमा बागमती प्रदेशमा हुने बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराई प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment