बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

डिसी नेपाल
७ वैशाख २०८३ २२:५६

बैतडी। आजदेखि १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बैतडीको निङ्गलाशैनी खेलमैदान देहीमाण्डौँमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री शिवराज भट्टले उद्घाटन गरे।

जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए।

जिल्लास्तरीय रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशस्तरीय छनोटका लागि जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए। गत वर्ष सम्पन्न १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौंडी नगरपालिकाले जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *