सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी
धनगढी। सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ। प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन्।
शनिबार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए।
उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्नेगरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।
गत चैत्र २९ गते राती १२ बजेदेखि लागु हुनेगरि प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment