सप्तरीको तिलाठी कोइलाडीमा आगलागी: छ परिवारका १२ घर नष्ट

डिसी नेपाल
२७ वैशाख २०८३ ७:४०

राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति भीषण आगलागी भएको छ।

स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर भएको यस दुर्घटनामा परी छ परिवारको १२ वटा घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ।

आगलागीका कारण रामअवतार यादवका दुई घर र एक गोठ, छिमेकी जुगाइ यादवका दुई घर र एक गोठ तथा अनिल यादवका दुई घर र एक गोठ खरानी भएका छन्। यस्तै, योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको पनि एक-एक वटा घर जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर र नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

हनुमाननगर कङ्कालिनी नगरपालिका र मधेस-प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट पुगेका वारुण यन्त्रका साथै स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। रातिको समयमा भएको आगलागीका कारण पीडित परिवारहरूको बिचल्ली भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *