मधेसमा वर्तमान सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

डिसी नेपाल
२७ वैशाख २०८३ १७:२६

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्।

आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको हो।

निर्णयमा कांग्रेसको तर्फबाट दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयनुल राइनले हस्ताक्षर गरेका छन्।

गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *