आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, पञ्जाबलाई हराउँदै बेंगलुरु प्लेअफमा सुरक्षित
काठमाडौं। भारतमा जारी १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार राति सम्पन्न रोमान्चक भिडन्तमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि पाँच विकेटको सानदार जित दर्ता गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ९३ रनको बलियो योगफल खडा गरेको थियो। राजस्थानले दिएको १ सय ९४ रनको कठिन लक्ष्यलाई दिल्लीले चार बल बाँकी छँदै पाँच विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो। यो महत्त्वपूर्ण जितसँगै दिल्लीले १३ खेलबाट कुल १२ अङ्क जोड्दै तालिकामा आफ्नो स्थिति सुधार गरेको छ।
आइतबारकै अर्को महत्त्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पञ्जाब किंग्समाथि २३ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगिताको प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलमा पहिले ब्याटिङ गरेको बेंगलुरुले ब्याटिङमा आक्रामक प्रदर्शन गर्दै निर्धारित २० ओभरमा मात्र चार विकेट गुमाएर २ सय २२ रनको विशाल स्कोर खडा गरेको थियो।
विशाल लक्ष्य पछ्याएको पञ्जाब किंग्सले सम्हालिएर ब्याटिङ गरे पनि निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ९९ रनमा समेटिएपछि आरसिबीले बाजी मारेको हो। आईपीएल अन्तर्गत आज सोमबार हुने अर्को प्रतिक्षित खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment