फिफा विश्वकप २०२६: स्कटल्यान्डमाथि ब्राजिलको सानदार जित, विनीसियसको चम्किलो प्रदर्शन

डिसी नेपाल
११ असार २०८३ ६:१४

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक एवं निर्णायक भिडन्तमा बलियो टोली ब्राजिलले स्कटल्यान्डमाथि ३-० को सहज जित दर्ता गरेको छ। अमेरिकाको मायामीस्थित प्रतिष्ठित हार्ड रक स्टेडियममा भएको उक्त खेलमा ब्राजिलले सुरुदेखि नै बलियो पकड बनाएको थियो।

खेलको सुरुवातमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले रक्षापंक्तिलाई मजबुत पार्दै बाँकी समय विपक्षीलाई कुनै अवसर दिएन र सोही अग्रतालाई अन्तिमसम्म जोगाउन सफल भयो।

ब्राजिललाई सानदार जित दिलाउने क्रममा स्टार स्ट्राइकर विनीसियस जुनियरले दुई तथा माथिअस कुन्हाले एक गोल गरे। खेल सुरु भएको सातौँ मिनेटमै विनीसियस जुनियरले उत्कृष्ट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफभरि नै आक्रामक रणनीति अपनाएको ब्राजिलका लागि इन्जुरी समयमा विनीसियसले नै व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको अग्रता दोब्बर पारे। दोस्रो हाफमा पनि दबाब कायम राखेको ब्राजिलका लागि ६० औँ मिनेटमा माथिअस कुन्हाले तेस्रो गोल थपे। त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन र खेल ब्राजिलको पक्षमा सकियो।

यो सानदार जितसँगै समूह ‘सी’ बाट ब्राजिल र मोरक्कोले नकआउट चरण अर्थात् अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। ब्राजिलले प्रतियोगितामा उपाधि दाबेदार टोलीको रूपमा आफ्नो बलियो उपस्थिति पुनः प्रमाणित गरेको छ।

अर्कोतर्फ, यो बिर्सनलायक पराजयसँगै स्कटल्यान्डको अर्को चरणमा पुग्ने खेल समीकरण निकै कठिन बनेको छ। अब स्कटल्यान्डले अघिल्लो चरण प्रवेशका लागि अन्य समूहको नतिजा र उत्कृष्ट तेस्रो स्थानमा पर्न सक्ने झिनो सम्भावना सँगै भाग्यमा भर पर्नुपर्ने स्थिति सिर्जना भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *