गजल
नेता एक, रूप अनेक, धन्य हो प्रभु फेर्दैछन् भेष
सुँड झुण्ड चलाएर बन्दैन यहाँ पार्टी, बन्दैन देश
कयौं मरेर गए, कयौँ घाइते भए, कयौंको सर्वश्व गयो
जलाउँदा जल्दै गर्दा, मन पोलेन है, राखेनन् केही अवशेष
जो भ्रष्टाचारी थिए, उनी पनि उम्किए, तिनका पनि उम्किए
जल्यो सिंहदरबार, जल्यो अदालत अब हुन्छ कहाँ केस?
राष्ट्रिय, सार्वभौमसत्ता, स्वतन्त्रता भएको सुन्दर हाम्रो देश
बलि चढ्न तयार छौं, खबरदार कसैले बनाउन खोजे उपनिवेश
(लेखक रावत सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव हुन्।)
No ads found for this position
प्रतिक्रिया


Facebook Comment