फिस्लिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध, पहिरो पन्छाउने काम जारी
चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान २:२० बजे खसेको पहिरोका कारण मुग्लिन-काठमाडौँ सडकखण्डमा सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिरो पन्छाएर बिहान ९:०० बजेसम्ममा सडक सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको छ। अत्यधिक वर्षाका कारण बाढी-पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउँदै आइतबार राति १०:०० बजेदेखि नै नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो।
पहिरो पन्छाएपछि अवरुद्ध सडकखण्डहरू पुनः सुचारु हुनेछन्। यद्यपि, नारायणगढ-मुग्लिन सडक हुँदै पोखरातर्फ जाने गाडीहरू भने सञ्चालनमा आइसकेका छन्।






डिसी नेपाल





Facebook Comment