एलपी ग्यासको अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री वितरण सुरु

डिसी नेपाल
१६ साउन २०८३ १९:३०

काठमाडौं । बजारमा एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट ग्यास बिक्री वितरण सुरु गरेको छ।

निगमले शनिबारदेखि १४.२ केजी क्षमताका ग्यास सिलिन्डरहरू बिक्री गर्न थालेको हो। काठमाडौं उपत्यकामा आपूर्ति गर्ने केही ग्यास उद्योगका सिलिन्डरको माग उच्च भएसँगै उत्पन्न समस्यालाई मध्यनजर गर्दै निगमले वैकल्पिक व्यवस्थास्वरूप बिक्री सुरु गरेको जनाएको हो।

निगमका अनुसार हाल नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू टेकु कार्यालयबाट बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। निगमले बिक्री सुरु गरेसँगै ग्यास खरिदका लागि उपभोक्ताहरू टेकुस्थित कार्यालयमा पुगेका छन्।

पछिल्लो समय बजारमा ग्यासको अभाव भएको जनगुनासो बढेपछि निगमले सम्पूर्ण ग्यास उद्योगीहरूलाई बजारमा सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले उपभोक्ताको मागअनुसार दैनिक रूपमा ग्यास आपूर्ति भइरहेको पनि स्पष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *