२४३ यात्रु बोकेर हिँडेको जहाज बेपत्ता, खोजी र उद्धार सुरु
काठमाडौं । इन्डोनेसियामा २४३ जना मानिसहरूलाई बोकेर गइरहेको एक जहाजसँग सम्पर्क विच्छेद भएपछि व्यापक रूपमा खोज तथा उद्धार कार्य सुरु गरिएको छ।
अधिकारीहरूका अनुसार, ‘भिर्गो ट्रान्सपोर्ट-८’ नामको उक्त जहाज सुराबायाबाट दक्षिण कालिमन्तानको बन्जारमासिन शहरका लागि प्रस्थान गरेको थियो। आइतबार एकाबिहानै यात्राका क्रममा जहाजले खराब मौसमको सामना गर्नु परेको जानकारी गराएको थियो।
त्यसलगत्तै जहाजसँगको सम्पर्क टुटेको हो। खोज तथा उद्धार एजेन्सीले हाल जहाजसँग कुनै सम्पर्क हुन नसकेको र त्यसको हालको अवस्थितिको समेत पत्ता लाग्न नसकेको जनाएको छ।
अधिकारीहरूका अनुसार जहाजको अन्तिम अवस्थिति जावा सागरमा रेकर्ड गरिएको थियो। उद्धार एजेन्सीका अनुसार छ जना सदस्य रहेको उद्धार टोलीलाई अन्तिम अवस्थितिसम्म पुग्न करिब पाँच घण्टा लाग्न सक्छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment